को हुन् उषा महर्जन ?

साउन १५ ,काठमाडौँ। ८८  वर्ष अगाडि नेपालमा जन्मेकी उषा महर्जन पुल्चोककै सबैभन्दा प्रिय र सम्मानित व्यक्ति बन्नेछिन सायदै कसैले सोचेको थियो होला। यति मात्र भन्दा तपाई को मनमा प्रश्न आउन  सक्छ , को हुन् उषा महर्जन? ?कसरी  लोकप्रिय र सम्मानित बनिन ?

आज हामी यिनै प्रश्न को उत्तर र उषा महर्जन को जीवनी लाइ समेट्न गइ रहेका छौं। बुबा लोक बिक्रम शाह र आमा रति देबी महर्जनको कोख बाट  १९९० असार मा जन्मिएकी उषा महर्जन एक खुला हृदय कि महिला थिइन्।  आफु मात्र गरूँ , आफु मात्र खाउँ  र आफु मात्रै लाउँ  भन्ने आजको यो स्वार्थी संसार मा म मात्र होइन मसंगै मैले धेरै लाई  अघि बढ्न सहयोग र साथ् दिनुपर्छ भन्ने सोचाई  राख्ने महिला थिइन उनि !

उनि पुलचोकको अनौपचारिक मेयर थिइन भन्दा फरक नपर्ला । उनी समुदाय र परिवारको आधारस्तम्भ थिइन। उनी शिक्षित थिइनन , तर अरुलाई शिक्षित बनाउन आफु बाट  हुनसक्ने सक्दो सहयोग गर्थिन । उनि महान थिइन , गरिब , दुखि ,मेहेनती सबैको मर्म लाई  आफ्नो मर्म बनाएर संधै नै लोक को सेवा मा , समाज  सेवा मा तत्पर उषा आज हामि बीच छैनन् , उषा को आशा को दियो अब रहेन , आज धेरै मानिसहरु अभिभावक बिहिन महशुस गरिरहेका छन्। तर उषा ले जजसको जीवन मा दियो बालेर गएकी छिन त्यो दियो कहिले निभ्ने छैन , यो त सम्झना को दियो हो ,निराशापछि को  आशा को दियो हो , कसैले पनि उनलाई चाहेर पनि आफ्नो मन र मस्तिस्क बाट  निभाउन सक्दैन ! उनि ति  सबै मनमा जीवित छिन , जसलाई सहयोग गरेर उनले  नयाँ  जीवन जिउन सिकाइन , जसको जीवन कोपिला बाट  फुल बन्न सक्यो , असक्षम  बाट  सक्षम बन्न सक्यो , उदास बाट  उत्साही बन्न सक्यो। 

कुल नारायण महर्जन संग बिवाह गरेकी उषाका  दुई छोराहरु रहेका छन् ,शालिकराम  महर्जन र तुलसी राम महर्जन !कान्छा छोरा  तुलसी राम लाई  अध्ययन का लागि अमेरिका पठाएर , जेठो छोरो  शालिक राम का साथ त्यो समय मा चाइना छिरेकी थिइन् उनि !

 उनि आफु शिक्षा बाट  टाढा रहे पनि आफ्ना सन्तान को शिक्षा मा कहिले बाधा व्यवधान आउन  दिईनन ।निडर थिइन्  उनि , हिम्मतिली थिइन्  र अरुलाई हिम्मत दिन सिपालु थिइन्। 

उनको प्रशंसक  असंख्य छन् , समुदाय मा धेरै को लागी उनी एक सल्लाहकार थिइन ।  उनले धेरै शिक्षा बाट वञ्चित बच्चाहरूलाई सेन्ट जेभियर स्कूलमा पढ्न मद्दत गरिन ।

रोटरी मा पनि प्रख्यात थिइ न उषा ! यद्यपि उनी एक रोटेरियन थिइनन् ।रोटरी मा पनि उनका निर्णय सम्मान का साथ सुनिन्थ्ये ! बच्चा , बृद्ध , युवा  सबै मा छाप  छाड्न सफल उषाले हामि सबै लाइ छाडेर गइ सकेकी छन् तर हाम्रो मन बाट आफ्नो याद , माया , सम्मान लाई  हामिबाट  लिएर जान सकिनन्। 

उनको अनुपस्थिति ले दुख त दिएको छ उनको परिवार लाई  तर आज उनको परिवार उनको  जीवन र विरासतलाइ  मनाइ रहेको छ। उनको परिवार ले उनकै मन पर्ने बिद्यालय  सेन्ट जेभियर स्कूलमा छात्रवृत्ति सिर्जना गरेर उनको जीवन र विरासत मनाउने निर्णय गरेको हो  ।जीवन मरण त संसार को एक नियम हो , तर धेरै कम को मृत्यु खास बन्छ , उत्सब मनाउन  योग्य बन्छ , आशु संगै आफ्ना प्रति गर्व महशुस गर्न लायक बनाउँछ  र जुनी जुनी सम्म अमर रहन्छ !

Published by trm7510

The Asha Project – works in collaboration with local and international partner organizations as well as individuals and governments, to provide HOPE and OPPORTUNITIES for the people of Nepal. We thrive at the intersection of Passion, purpose and Promise.

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.