स्वयंसेवक दिवसको अवसरमा दरै समाजमा रोट्रयाक्टको सहयोग

FROM NEPAL REPORT

News By Rameshwor Sharma Reported By Joshan Shrestha Written By Uttam Rimal

मङ्सिर २० , तनहुँ ।। आज अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा तनहुँ व्यास नगरपालिक वडा न १० दुम्सीका दरै समुदायहरुको लागि रोट्रयाक्टको क्लब अफ रुद्रमती बबर्महल- काठमाडौंले ‘अपलिफ्त द लाईभस’ बन्ने प्रोजेक्ट अन्तर्गत दरै समुदायलाई चल्ला तथा सरसफाइ सामाग्री बितरण गरेका हुन् । यस दरै समुदायका मनिषहरुलाई आर्थिक वृद्धिकोलागी र यस कोरोनको समयमा आफुलाई सुरक्षा राख्नको लागि यस प्रोजेक्टले केही सम्म भए पनि मद्दत गर्ने हुनाले यस प्रोजेक्ट गरिएको हो ।

कार्यक्रममा दुम्सी समुदायको २६ घर परिवारलाई प्रति घरमा ५ वटा चल्लाहरु र दाना बितरण गरिएको थियो भने बाँकी रहेका अन्य परिवारलाई अर्को चराणमा बितरण गरिने भएको छ । सो कार्यक्रममा सो समुदायकै ५० घर परिवारलाई साबुन, रुमाल, स्यानिटाइजार, मन्जन, ब्रस आदि सरसफाइका सामाग्री सहितको झोलाहरु बितरण गरिएको थियो । कार्यक्रममा आफुले चल्लाहरु पाएपछि समुदायले खुशी व्यक्त गरेका थिए।   

कार्यक्रमका प्रमुख अतिथीको रुपमा व्यास नगरपालिक वडा १० का वडाध्यक्षमा तुल्सी राम सापकोटा, विशिष्ट अतिथीको रुपमा आदिवासी जनजाती युवा महसंघ तनहुँका पुर्व अध्यक्ष यवम कार्यक्रम सहयोगी वीर बहादुर दरै, दुम्सी नमुना ग्राम माथिल्लो टोल बिकास संस्थाका अध्यक्ष नन्दलाल पौडेल ,दुम्सी दरै गाउ समुदाय इकाइ समितीको अध्यक्ष तुल बहादुर दरै अतिथीमा दुम्सी दरै गाउ आमा समुहका अध्यक्ष लरी माया दरै, दुम्सी दरै होम स्टेका सन्चालिका आशा दरै हुनुहुन्थ्यो ,कार्यक्रमको सभापतित्यो रोट्रक्यक क्लब अफ रुद्रमती बबर्महल- काठमाडौंका अध्यक्ष रो. ॠषि कडरियले गर्नु भएको थियो भनी कार्यक्रमको सम्योजक रो. पृथ्वी श्रेष्ठ हुनुहुन्थ्यो । 

कार्यक्रम बोलदै प्रमुख अतिथी सापकोटाले आफ्नो वडा अन्तर्गत दरै समुदायमा यस्तो राम्रो कार्यक्रम ल्याउनु भएकोमा रोट्रक्यक क्लबलाई धेरै धन्यवाद दिनु भएको थियो, दरै भाषा सन्स्कृति पहिचानको साथै आफ्नो ब्यक्तिगत बिकासको लागि आफुले पनि अघी बढेर आउँनु पर्छ, स्थानिय सरकारबाट सकेको सहयोग गर्ने कुरा पनि जोडनु भ्एको थियो। यस चल्ला बितरण पछी यस्को राम्रो हेरबिचर गरेर आउने दिनहरुमा राम्रो उथ्पादन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथी दरैले बिपन्नपरिवरहरुलाई केही मात्रामा भएपनी यस कार्यक्रमले सहयोग गर्ने र यो जाडोको समयमा चल्लाहरुलाई धेरै हेरचाहगर्नु पर्नेहुँदा राम्रोसँग हेरचाहगर्न पनि समुदयालाई आनुरोध गर्नुभएको थियो यस्सैगरी दुम्सी दरै होम स्टयका सन्चालिक आशा दरैले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो भनी दुम्सी दरै गाउ आमा समुहका अध्यक्ष लरी माया गौउमा पहिलो चोटि यस्तो कार्यक्रम भएको बताउनु भयो र आउने दिनहरुमा बिभिन्न महिला बिकासका तालिम ल्यनुहुन् पनि समोदन गर्नु भएको थियो र कार्यक्रममा दुम्सी दरै गाउ समुदाय इकाइ समितीको अध्यक्ष तुल बहादुर दरै पनि आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रममा कार्यक्रमका सभापति कडरियाले आउने दिनहरुमा पनि यसै प्रोजेक्ट अन्तर्गत थुप्रै सिपमुलक कार्यक्रम ल्याउने जानकारी दिनुभएको थियो।    

यस प्रोजेक्टलाई सार्थक पार्नको लागि द आशा प्रोजेक्टले ठुलो मद्दत गरेको भन्दै यस प्रोजेक्टका संस्थापक रो. तुल्सी महर्जनलाई सम्झदै आउने दिनहरुमा यसै प्रोजेक्ट अन्तर्गत बिभिन्न सीमान्तकृत तथा गरीब जातिका मानिस र बालबालिकको क्षेत्रमा बिभिन्न कार्यक्रमगर्ने कुरा प्रोजेक्टका संयोजक पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । 

यस प्रोजेक्टलाई द आशा प्रोजेक्ट-नेपाल, फ्रेन्ड अफ नेपाल- न्यू जर्सी, आशा वन स्टेप फर चेन्ज, रोटरी क्लब अफ ब्रन्चबुर्ग र रोट्ररी क्लब अफ रुद्रमती जस्ता सहयोगी संस्थाहरु छन् भने यस प्रोजेक्टका आधिकारिक मिडिया पार्टनरको रुपमा नेपाल रिपोर्टस र पर्यटन बजार छन्।

Published by trm7510

The Asha Project – works in collaboration with local and international partner organizations as well as individuals and governments, to provide HOPE and OPPORTUNITIES for the people of Nepal. We thrive at the intersection of Passion, purpose and Promise.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: