साउन १५ ,काठमाडौँ। ८८ वर्ष अगाडि नेपालमा जन्मेकी उषा महर्जन पुल्चोककै सबैभन्दा प्रिय र सम्मानित व्यक्ति बन्नेछिन सायदै कसैले सोचेको थियो होला। यति मात्र भन्दा तपाई को मनमा प्रश्न आउन सक्छ , को हुन् उषा महर्जन? ?कसरी लोकप्रिय र सम्मानित बनिन ?




आज हामी यिनै प्रश्न को उत्तर र उषा महर्जन को जीवनी लाइ समेट्न गइ रहेका छौं। बुबा लोक बिक्रम शाह र आमा रति देबी महर्जनको कोख बाट १९९० असार मा जन्मिएकी उषा महर्जन एक खुला हृदय कि महिला थिइन्। आफु मात्र गरूँ , आफु मात्र खाउँ र आफु मात्रै लाउँ भन्ने आजको यो स्वार्थी संसार मा म मात्र होइन मसंगै मैले धेरै लाई अघि बढ्न सहयोग र साथ् दिनुपर्छ भन्ने सोचाई राख्ने महिला थिइन उनि !



उनि पुलचोकको अनौपचारिक मेयर थिइन भन्दा फरक नपर्ला । उनी समुदाय र परिवारको आधारस्तम्भ थिइन। उनी शिक्षित थिइनन , तर अरुलाई शिक्षित बनाउन आफु बाट हुनसक्ने सक्दो सहयोग गर्थिन । उनि महान थिइन , गरिब , दुखि ,मेहेनती सबैको मर्म लाई आफ्नो मर्म बनाएर संधै नै लोक को सेवा मा , समाज सेवा मा तत्पर उषा आज हामि बीच छैनन् , उषा को आशा को दियो अब रहेन , आज धेरै मानिसहरु अभिभावक बिहिन महशुस गरिरहेका छन्। तर उषा ले जजसको जीवन मा दियो बालेर गएकी छिन त्यो दियो कहिले निभ्ने छैन , यो त सम्झना को दियो हो ,निराशापछि को आशा को दियो हो , कसैले पनि उनलाई चाहेर पनि आफ्नो मन र मस्तिस्क बाट निभाउन सक्दैन ! उनि ति सबै मनमा जीवित छिन , जसलाई सहयोग गरेर उनले नयाँ जीवन जिउन सिकाइन , जसको जीवन कोपिला बाट फुल बन्न सक्यो , असक्षम बाट सक्षम बन्न सक्यो , उदास बाट उत्साही बन्न सक्यो।
कुल नारायण महर्जन संग बिवाह गरेकी उषाका दुई छोराहरु रहेका छन् ,शालिकराम महर्जन र तुलसी राम महर्जन !कान्छा छोरा तुलसी राम लाई अध्ययन का लागि अमेरिका पठाएर , जेठो छोरो शालिक राम का साथ त्यो समय मा चाइना छिरेकी थिइन् उनि !



उनि आफु शिक्षा बाट टाढा रहे पनि आफ्ना सन्तान को शिक्षा मा कहिले बाधा व्यवधान आउन दिईनन ।निडर थिइन् उनि , हिम्मतिली थिइन् र अरुलाई हिम्मत दिन सिपालु थिइन्।
उनको प्रशंसक असंख्य छन् , समुदाय मा धेरै को लागी उनी एक सल्लाहकार थिइन । उनले धेरै शिक्षा बाट वञ्चित बच्चाहरूलाई सेन्ट जेभियर स्कूलमा पढ्न मद्दत गरिन ।



रोटरी मा पनि प्रख्यात थिइ न उषा ! यद्यपि उनी एक रोटेरियन थिइनन् ।रोटरी मा पनि उनका निर्णय सम्मान का साथ सुनिन्थ्ये ! बच्चा , बृद्ध , युवा सबै मा छाप छाड्न सफल उषाले हामि सबै लाइ छाडेर गइ सकेकी छन् तर हाम्रो मन बाट आफ्नो याद , माया , सम्मान लाई हामिबाट लिएर जान सकिनन्।



उनको अनुपस्थिति ले दुख त दिएको छ उनको परिवार लाई तर आज उनको परिवार उनको जीवन र विरासतलाइ मनाइ रहेको छ। उनको परिवार ले उनकै मन पर्ने बिद्यालय सेन्ट जेभियर स्कूलमा छात्रवृत्ति सिर्जना गरेर उनको जीवन र विरासत मनाउने निर्णय गरेको हो ।जीवन मरण त संसार को एक नियम हो , तर धेरै कम को मृत्यु खास बन्छ , उत्सब मनाउन योग्य बन्छ , आशु संगै आफ्ना प्रति गर्व महशुस गर्न लायक बनाउँछ र जुनी जुनी सम्म अमर रहन्छ !



